काठमाडौं । हामी धेरै जना कसरी सफलता प्राप्त गर्ने भन्ने चिन्ता गर्छौं । संसारमा त्यही व्यक्तिले सफलता प्राप्त गरेका हुन्छन जसले आफ्नो क्षमता पूर्ण रुपमा प्रयोग गरेका हुन्छन भने उनीहरुले नै प्रशिद्धि कमाएका छन्। हामी सबैलाई थाहा छ ,कतिपय कुरा सुनेर,पढेर जीवनमा लागु गर्दा सफल हुन् सकिन्छ । कतिपय कुराहरु अरुको देखेर, सुनेर, बुझेर पनि हामीले हाम्रो आफ्नो ज्ञानको दृष्टिलाई बढाउन सकिन्छ। महान् व्यक्तिहरुको बुझाई र भोगाई मात्र होइन, सामान्य भनिएका व्यक्तिहरुले पनि आफ्नो अनुभवबाट केही न केही कुरा सिकेर त्यसको सार बताइरहेका हुन्छन् ।
जसले डरलाई जित्न सक्छन उनीहरुको सफलताको सुरुवात त्यहि दिनबाट हुन्छ। प्रायः सपना सुरुवात अपत्यारिला हुन्छन्। तर, मेहनत र लगनशीलताको उपज सपना साकार बनाउन सकिन्छन्। वास्तवमा हामी भाग्यमा बढी निर्भर रहन्छौं। कुनै पनि सफलता प्राप्त गर्नु वा नगर्नुलाई हामी भाग्यको खेल भन्छौं। जबकि हाम्रो पूर्खाहरुले भन्दै आएका छन्, भाग्य छ भन्दैमा डोकोमा दूध दुहेर हुँदैन। अर्थात् भाग्यमा छ भन्दैमा विना प्रयास वा श्रम त्यो प्राप्त गर्न सकिंदैन।
सबै ज्ञान हामीले आफ्नो जीवन,भोगाईबाट मात्र आर्जन गर्न संभव छैन र हुँदैन पनि । विभिन्न विद्वान, चिन्तक, महान व्यक्तित्वहरुले आफ्नो अनुभवको निचोड सुनाउने गरेका छन्, जो हाम्रो निम्ति प्रेरणादायी र जीवनोपयोगी हुन्छ । पहिलो त धेरै मानिसको जीवनमा केही सपना नै हुँदैन। उनीहरू बिनालक्ष्य र उद्देश्य जीवन बाँचिरहेका हुन्छन्। धेरै मानिस सपना पूरा गर्न नसकिने डरले सपना नै देख्दैनन्।
उनीहरूको साथमा जहिले पनि बहाना तयार हुन्छ। कहिले परिवारको, कहिले साथीभाइको तथा कहिले समयको बाध्यताको बहाना बनाउँछन्। जो असफल यात्राको सुविधा हो। सपनाको घेरा खुम्चिँदै जान्छ। केहीले एक-दुई प्रयासपछि असफलता बेहोर्नुपरे आफ्नो सपना नै पूरा नहुने भन्दै बाटो परिवर्तन गरिदिन्छन्। तर सफलताले निरन्तर सङ्घर्षको माग गर्छ। जति ठुलो सपना, त्यति नै ठुलो मेहनत र त्याग मागेको हुन्छ।
यहाँ नेपोलियन बोनापार्टको केही सारभूत भनाईहरु उल्लेख गरिएको छ,जुन हाम्रो लागि प्रेरणादायी हुनसक्छ ।
१.शान्तिपूर्ण तर्कद्वारा मानिसको चित्त बुझाउनुपर्छ
२.आमा भन्ने कुरा सबैभन्दा ठुलो हो
३.जसलाई हार खाने भय हुन्छ त्यो अबस्य नै हार्छ
४.कुनै देशको विदेश नीति त्यस देशको भुगोलद्वारा निर्धारित हुन्छ
५.प्राय संकटको समय विजय सँगसंगै आउँछ
६.अध्ययन आकासमा चम्कने सुर्य जस्तै हो , जो कि केवल माथि-माथि झल्याक-झुलुक च्याउनाले मात्र बुझ्न र त्यसको रहस्य खोज गर्न सकिन्न
७.अपराधी मन सन्देहको अड्डा हो
८.इश्वरले तिमीलाई केवल एउटा अनुहार दिएका छन् र तिमीले स्वयम् अर्को पनि बनाउदछौ
९.सबै मानिसको अनुहार वास्तविक हुन्छ
१०.अनुभवले बताउँछ कि आपतकालमा दृढ निश्चयले नै पूरा सहायता गर्छ
११.आबस्यकता बराबर अरु कुनै सद्गुण छैन
१२.असम्भब भन्ने शब्द मुर्खहरुको मात्र शब्दकोशमा हुन्छ
१३. युद्दमा समेत शारीरिक शक्तिभन्दा नैतिक शक्ति तिन गुणा बढी आबस्यक पर्दछ
१४.जन शिक्षा नै सरकारको पहिलो उद्देश्य हुनुपर्छ
१५.उचित अबसरले अभाबमा योग्यताको मूल्य निकै कम रहन जान्छ
१६.युद्द बर्बर जंगली मानिसको पेशा हो
१७.जो सच्चाईमाथि निर्भर हुन्छ उसले कसैलाई घृणा गर्दैन
१८.जब धन बोल्न थाल्छ सत्य मौन हुन्छ
१९.उ निर्धन हो , जोसँग धैर्य छैन
२०.आफ्नो स्वार्थ सिद्द गर्नका लागि शैतान पनि धर्मशास्त्रको गुनगान गाउन सक्छ ।