बुधबार, भाद्र ३ गते २०८३
images

१५ महिनामा ३४ सय बालबालिका हराए

  • 5.0K
    SHARES
  • पौष २, २०७६ बुधबार

    विगत १५ महिनाको अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको एक तथ्यांकले देखाएको छ । आर्थिक वर्ष २०७५-७६ को साउनदेखि चालू आर्थिक वर्ष २०७६-७७ को असोज महिनासम्मको १५ महिने अवधिमा ३ हजार ४ सय १८ जना बालबालिका हराएको नेपाल प्रहरीबाट प्राप्त तथ्यांकले देखाएको हो । जसमध्ये १ हजार ४ सय ४० जना मात्रै फेला परेका छन् ।

    हराउने बालबालिकामा छोराभन्दा छोरीको संख्या धेरै रहने गरेको तथ्यांक देखाउँछ । राजधानीलाई प्राप्त तथ्यांकअनुसार १५ महिनाको अवधिमा १ हजार ६७ जना बालक हराएकामा सोही अवधिमा २ हजार ३ सय ५१ जना बालिका अर्थात् छोरी हराएका हुन् ।हराएका बालबालिकामध्ये १५ महिने अवधिमा ४ सय ३४ जना बालक (छोरा) फेला परेका छन् भने १ हजार ६ जना बालिका (छोरी) फेला परेका छन् ।

    हराएका मध्ये कुल १ हजार ४ सय ४० जना मात्रै भेटिएका हुन् । हराएकामध्ये १ हजार ९ सय ७८ जना भने भेटिएका छैनन् ।नेपाल प्रहरीका डीआईजी एवं केन्द्रीय प्रवक्ता विश्वराज पोखरेलले बालबालिका हराउँदा अभिभावकहरूले प्रहरीमा सूचना दिने तर भेटिँदा जानकारी नगराउने गरेका कारण हराउने भन्दा भेटिनेको संख्या कम देखिएको बताए ।आजको राजधानी दैनिकमा समाचार छ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार