बङ्गलादेश सरकारले माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उत्पादित ५ सय मेगावाट विद्युत् खरीद गर्ने निर्णय गरेको छ।भारतीय कम्पनी ग्रान्धी मल्लिकार्जुन राव ९जिएमआर० ले निर्माण गर्न लागेको ९ सय मेगावाट क्षमताको आयोजनाबाट उत्पादित विद्युत्मध्ये ५ सय मेगावाट विद्युत् खरीद गर्ने निर्णय भएको हो।
जिएमआरका निर्माण परियोजना प्रमुख केके शर्माले विद्युत् खरीद सम्झौता गर्ने निर्णय भएको जानकारी दिए। उनका अनुसार बंगलादेश सरकारले जिएमआरको विद्युत् भारतीय विद्युत् व्यापार कम्पनी एनभिभिएनमार्फत खरीद गर्नेछ।
बंगलादेशको मन्त्रिपरिषद्को सार्वजनिक खरीद समितिले विद्युत् खरीद गर्ने निर्णयलाई स्वीकृत गरेको छ। निर्णय अनुसार बंगलादेशले प्रतियुनिट ७।७ सेन्टमा माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको विद्युत् खरीद गर्नेछ। निर्णयपछि बंगलादेशले २५ वर्षसम्म विद्युत् खरीद गर्नेछ।
उक्त निर्णयसँगै भारतीय प्रसारण प्रणालीको प्रयोग गरेर नेपालमा उत्पादित विद्युत् बंगलादेश पुग्ने भएको छ। बंगलादेश सरकारले हालै उक्त निर्णय गरेको जिएमआरका निर्माण परियोजना प्रमुख शर्माले जानकारी दिए।माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट उतपादित विद्युत् खरीद गर्ने निर्णय भएसँगै नेपालमा उत्पादित विद्युत् बंगलादेश लैजाने मार्ग प्रशस्त भएको छ।आजको नागरिक दैनिकमा समाचार छ।