भारतीय विमान कम्पनी एयर ईन्डियाले बोइङ र एयरबसबाट ४७० थान विमानहरु अर्डेर गरेको छ । जुन विश्वब्यापी उड्डयनमा कोरोना माहामारी पछिको पुनरुत्थानका साथै भारतको एयरलाइन्स ब्यावसायको संकेत देखिएको छ।
भारत सरकारले आगामी ५ बर्शमा करिव ८० वटा नयाँ विमानस्थल बनाउने योजना बनाएको छ। सरकारले आगामी २ दसकमा देशमा हवाई यात्रुको चाप बार्षिक ७ प्रतिशतले बृद्धिहुने प्रक्षेपण गरेको छ।
करिव एक बर्ष अघिमात्र एयर इन्डिया आफ्नो पारेको भारतको शक्तिशाली समूह टाटा ग्रुपले गरेको महत्त्वकाँक्षी फेरबदलकोरुपमा यो सम्झौता भएको बुझिएको छ। जस अनुसार एयर ईन्डियाले बोइङबाट २२० थान र एयरबसबाट २५० थान जेट विमानहरु खरिद गर्ने योजना बनाएको हो।
एयरलाइन्सका एक परामर्शदाताका अनुसार भारतमा मात्र नभएर बिश्वको सबै रेकर्ड तोड्नेखालको रहेको बताएका छन। उनका अनुसार भारत एक विशाल बजार हो र त्यहाँ विकासका धेरै सम्भावनाहरु देखिन्छन।
अमेरिकी रास्ट्रपति वाइडेनले पनि उक्तकार्यले अमेरिकी रोजगारिमा समर्थन गर्दै भारतसँगको सम्बन्धलाई बलियोसँग प्रतिबिम्बित गर्ने बताएका छन ।