मंगलबार, भाद्र २ गते २०८३
images

मलद्वारमा लुकाएर ल्याएको सुनसहित एक जना पक्राउ

  • 2.5K
    SHARES
  • पौष १५, २०७६ मंगलबार

    काठमाडौं । प्रहरीले आधा किलो अवैध सुनसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको महाराष्ट्रका घर भई आर ७६३८८७३३ नम्बरको राहदानी बाहक हरिराम नेपाली छन् ।

    विमानस्थल सुरक्षा प्रहरी कार्यालयको टोलीले उनलाई फ्लाइ दुबई एयरलाइन्सबाट नेपाल छिर्ने क्रममा पक्राउ गरेको हो ।

    प्रहरीका अनुसार दुवईबाट आएका उनले मलद्वारमा लुकाएर दुई टुक्रामा गरी ५ सय ग्राम सुन भित्र्याउन खोजेका थिए । उनको बारेमा थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार