आइतबार, श्रावण ३१ गते २०८३
images

विमानस्थलबाट सुन सहित दुई जना पक्राउ

  • 2.6K
    SHARES
  • पौष २०, २०७६ आइतबार

    काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलो सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
    पक्राउ पर्नेमा किजाकेथिल नौसाद छन् ।

    यूएईको सारजहाबाट आएका उनले क्याम्सुल बनाएर सुन तस्करी गर्न खोजेका थिए । तर, विमानस्थलमा चेकजाँचका क्रममा पक्राउ परेको महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुका एसएसपी सहकुलबहादुर थापाले बताएका छन ।

    यस्तै, मलेसियाबाट आएका भारतीय नगारिक मोहमद म्यादिन स्थालीको साथबाट दुई सय ग्राम हिरा बरामद भएको छ ।

    भन्सार क्षेत्र कटिसकेपछि शंका लागेर काठमाडौं मेडिकल कलेजमा लगेर जचाउँदा २ सय ग्राम हिरा पेटमा राखेर ल्याएको भेटिएको प्रहरीले जनाएको छ ।

    थप अनुसन्धान भइरहेको जनाइएको छ ।

    पछिल्लो एक हप्तामा मात्रै विमानस्थलबाट ६ किलो सुन बरामद भइसकेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार