सोमबार, भाद्र १ गते २०८३
images

फेरी बढ्नेभो जाडो, बिहिबार र शुक्रबार देशभर बर्षा हुने

  • 5.6K
    SHARES
  • माघ २३, २०७५ बुधबार

    काठमाडौं । बिहीबार उच्च पहाडी क्षेत्रमा भारी हिमपात र पहाडी क्षेत्रमा ठुलो वर्षा हुन सक्ने देखिएकोले हिमपहिरो जानसक्ने क्षेत्र र पहिरो जानसक्ने क्षेत्रमा सतर्क रहन आग्रह गरेको छ ।

    पहाडी क्षेत्रका स–साना खोलाहरुमा आकस्मिक बहाब प्रबाह हुन पनि सक्ने समेत जनाएको छ । बुधबार पश्चिमि भूभागमा पूर्ण, मध्य भागमा सामान्य बदली र बाँकी भागमा आंशिक बदली रहने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको सूचना अनुसार बिहीबार दिउँसो भने पहाडी भागमा हल्कादेखि भारी वर्षा र हिमाली तथा पहाडी क्षेत्रमा मध्यम हिमपात हुने संभावना छ । काठमाडौंमा पनि बिहिबार र शुक्रबार बर्षा हुनेछ ।

    बिहीबार राति देशका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम बर्षा र १,२ स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    त्यस्तै पहाडी तथा हिमाली भेगका अधिकांश स्थानहरुमा हल्का देखि मध्यम हिमपातको संम्भावना छ । पहाडी क्षेत्रमा ठूलो वर्ष हुन सक्ने भएकाले हिमपहिरोको समेत सम्भावना छ ।

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार