सोमबार, भाद्र १ गते २०८३
images

सुदूरपश्चिममा थप ३५ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.9K
    SHARES
  • आषाढ १२, २०७७ शुक्रबार

    धनगढी । सुदूरपश्चिम प्रदेशमा शुक्रबार थप ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ । धनगढीस्थित प्रयोगशालामा गरिएको परीक्षणमा ३५ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।

    संक्रमितमध्ये ७ महिला र २८ पुरुष रहेका छन् । डोटीका २५, कैलालीको सात र बैतडीको तीनजनामा कोरोना पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिएका छन ।

    यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या एक हजार ७०२ पुगेको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार