बिहीबार , कार्तिक २० गते २०८३
images

हनुमन्ते खोलामा आएको बाढीले भक्तपुरमा दर्जनौ घर डुबानमा

  • 2.4K
    SHARES
  • श्रावण ५, २०७७ सोमबार

    काठमाडौं । अविरल वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीले भक्तपुर क्षेत्र डुबानमा परेको छ ।

    बाढीका कारण बराही क्षेत्रका करिब तीन दर्जन घर डुबानमा परेको भक्तपुर नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रामकृष्ण गोराले जानकारी दिएका छन ।
    वडाध्यक्ष गोराका हुनमन्ते खोला आसपासको करिब एक किलोमिटर क्षेत्र डुबानमा परेको छ । बाढीले वडा नम्बर १, ३ र ४ क्षेत्र बढी प्रभावित बनेको उनले बताएका छन । घरमा बाढी पस्दा जमिनको सतह भन्दा करिब चारफिट माथि पानी आइसकेको गोराले जानकारी दिएका छन ।

    राममन्दिर बाराहीस्थानदेखि डाक्टर युवा मोरा हस्पिटल सल्लाघारी क्षेत्रमा रहेको करिब नौ सय रोपनी धानबाली डुबानमा परेको उनले बताएका छन ।

    वडा १ का अध्यक्ष श्यामकृष्ण खत्रीका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा लगाइएको धानबाली डुबानमा परेको छ । बाढीले धानबाली नष्ट गरे पनि आफ्नो वडाको बस्तीमा बाढी नपसेको उनले बताएका छन । ‘अहिल दुई तीन घरमा पानी पसेको छ,’ वडाध्यक्ष खत्रीले भने, ‘सृजनानगर बाढीको जोखिम क्षेत्र हो ।’
    हनुमन्तेमा आएको बाढीले बाराही पुल थुनिएपछि खेत र बस्तीमा बाढी छिरेको प्रहरीले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार