ललितपुर । ललितपुरको इमाडोलमा रहेको किस्ट अस्पतालमा बाढी पस्दा प्रभावित भएको सेवा अझै सुचारु हुन सकेको छैन ।
हनुमन्ते र कर्मनाशा खोलामा आएको बाढी सोमबार बेलुका अस्पतालमा पसेको हो । बाढी पसेपछि अस्पतालको आकश्मिक बाहेकका सेवा बन्द रहेका छन् । मंगबार मध्यान्नसम्म पनि अस्पताल डुबानमै छ ।
मेसिनको प्रयोग गरेर पानी फाल्ने काम भएको र चाँडै सबै सेवा पुनः सुरु गर्ने तयारी भएको अस्पतालले जनाएको छ । बाढी पस्दा अस्पतालको भूईँतलाका डुबेको हो । अहिले पानी हटाएर अस्पताल सफा गर्ने काम भइरहेको छ।