काठमाडौं । राजधानीमा असार २४ गते आफ्नै घरबाट बेपत्ता भएका युवक १३ दिनपछि होटलमा युवतीसँग भेटिएका छन्।
काठमाडौं महानगरपालिका-४ चुनदेवी बस्ने ३० वर्षीय शक्तिराज रेग्मी सम्पर्कमा नआएपछि अहपरणमा परेको हुन सक्ने भन्दै साउन २ गते उनका परिवारले प्रहरीमा उजुरी दिएका थिए।
महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले रेग्मीको खोजी तिव्र बनाएको थियो। रेग्मी मंगलबार राती नयाँ बसपार्कस्थित एक होटलमा युवतीसँग बसिरहेको अवस्थामा पक्राउ परेको महाशाखाले जनाएको छ।
प्रहरीलाई दुख दिएको आरोपमा महाशाखाले रेग्मीमाथी कानुनी कारबाही गर्ने तयारी गरेको छ। उनले व्यवशायका लागि विभिन्न व्यक्तिबाट करोडौँ रुपैयाँ रिन लिएको प्रहरीले जनाएको छ।