शनिबार, श्रावण ३० गते २०८३
images

मलेसियामा नेपाली सेक्युरिटी गार्डलाई नेपालीले नै कुटे

  • 7.0K
    SHARES
  • श्रावण १९, २०७७ सोमबार

    काठमाडौं । मलेसियामा नेपाली सेक्युरिटी गार्डमाथि कुटपिट भएको घटनाको थप विवरण खुलेको छ ।

    केही दिनअघि एक व्यक्तिले सेक्युरिटी गार्डकै पोशाकमा रहेका एकजना व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । उक्त भिडियोमा एक व्यक्तिले सुरुमा हात र त्यसपछि लठ्ठीले हिर्काएका छन् ।

    घटनाको प्रारम्भिक अध्ययनका क्रममा पीडित व्यक्ति नेपाली भएको थाहा भए पनि घटनाको अन्य विवरण खुलेको थिएन।

    दूतावासले घटनाको अध्ययन गरेपछि थप विवरण सार्वजनिक भएको छ । उक्त घटना गत जुलाई ७ तारिखमा बिहान १० बजे एमथ्री मलमा भएको र कुटपिट गर्ने व्यक्तिसमेत नेपाली भएको क्वालालाम्पुरस्थित नेपाली दूतावासले जनाएको छ ।

    दूतावासका अनुसार पीडित व्यक्ति नवलपरासीका इस्लाम हुसेन हुन् भने कुटपिट गर्ने कपिलवस्तुका राम गोपाल मुराउ हुन् ।

    उनीहरु दुवैजना दूतावासको सम्पर्कमा आएका छन् । दूतावासको सम्पर्कमा आएका मुराउले हुसेनलाई कुटपिट गर्ने आफू नै भएको स्वीकारसमेत गरेका छन् ।

    पीडित हुसेन सोही मलका सेक्युरिटी गार्ड र कुटपिट गर्ने मुराउ सुपरभाइजरको रुपमा कार्यरत रहेको समेत खुलेको छ ।

    मलेसियाको अध्यागमन कानूनअनुसार उनीहरु दुवैजना अवैधानिक कामदारसमेत रहेको पाइएको दूतावासल जनाएको छ ।

    दूतावासमा उपस्थित भएका पीडक मुराउ सोमबार नै आफैं मेलेसियन प्रहरीसमक्ष उपस्थित भएका छन्। घटनाको थप अनुसन्धान क्वालालम्पूरको वाङ्सामाजु स्थित प्रहरीस्टेशनले गर्ने दूतावासले जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार