बिहीबार , कार्तिक २० गते २०८३
images

सिन्धुपाल्चोकको जम्वु वाढीले क्षतिग्रस्त वस्ति पुर्ननिर्माणमा युवाहरुको पहल

  • 2.4K
    SHARES
  • श्रावण २६, २०७७ सोमबार

    सिन्धुपाल्चोक । आफ्नै परिवार भित्र आमा, भान्जा र भान्जाको छोरी समेत गुमाएर पिडित भएका दावा लामाको नेतृत्वमा जम्वु स्थित यल्मो खोलाको वाढीले क्षतिग्रस्त वस्तिको पुनर्निमाण हुने भएको छ । वाढी पिडित करिव ५० परिवारका प्रतिनीधिहरुको भेलाले लामाको नेतृत्वमा ९ सदस्यि जम्वु वाढी पिडित उद्धार, संरक्षण तथा बस्ति पुर्ननिर्माण समिति गठन गर्दै समितिले सबै तहका सरकार तथा सरोकार संघसंस्था, व्यक्ति र निकायहरुसंग समन्वयन र सहकार्य गरी उद्धार तथा पुर्ननिर्माणमा नेतृत्व गर्ने भएको हो ।

    सभामुख अग्नी प्रसाद सापकोटाको चुनावक्षेत्र समेत भएकाले यसअघिनै सभामुखको तर्फबाट आवश्यक सहयोगको प्रतिवद्धता व्यक्त भइसकेको छ । बागमती प्रदेश सरकारका उद्योग तथा वन मन्त्री अरुण नेपालले प्रदेश सरकारको तर्फबाट वस्ति पुननिर्माण गर्ने घोषणा गरेका छन् । स्थानिय बाह्रविसे नगरपालिकाका प्रमुख निमफुन्जो शेर्पा र उपप्रमुख शुशिला पाख्रिनले आवश्यक पर्ने सहयोगको प्रतिवद्धता मात्रै होइन उनीहरु फिल्डमै निरन्तर खटिरहेका छन् ।

    यद्यपी राजनैतिक र अन्य संघसंस्थाहरुले वस्ति निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरिएपनि २०७१ सालमा नजिकै गएको जुरे पहिरोका पिडितहरुले उपयुक्त राहत प्राप्त गर्न सकेका छैनन् । नवगठित समितिका अध्यक्ष दावा लामा भन्छन्– ‘जम्वुको यस वस्तिमा हाम्रो भावना जोडिएको छ । सरकारले वनाइदिए हामी खुशी हुन्छौं । यसका लागि आवश्यक पर्ने सबै खाले समन्वय यहि समितिले गर्छ । तर जुरे पहिरोका पिडितको जस्तै आलटाल भयो भने हामी स्वयंले पहल कदमि लिएर आफैं पनि वस्ति निर्माण चैं गर्छौ ।’

    वस्ति निर्माणका लागि नेकपाका नेता माधव सापकोटा र सरल सहयात्रीले सबैखाले सहयोगका लागि प्रतिवद्धता व्यक्त गरेका छन् । नेता सहयात्रीको आफ्नै वडा भएको कारण उनले यसमा विशेष भुमिका निर्वाह गर्दै आएका छन् । वस्ति निर्माणको कुरा बाहेक जम्वु वजारकै संरक्षण उत्तिकै चुनौतिपूर्ण हुदै गएको छ । यसको संरक्षणका लागि पनि सबैको पहल जरुरी छ ।

    नवगठित समितिका सचिव विकेश तामाङ भन्छन् –‘ हामी जम्वुका सम्पूर्ण युवाहरु यसअघिपनि सबैखाले सामाजिक कार्यमा दावा लामाको नेतृत्वमा एकमत भएर अगाडी वढ्थ्यौ । अहिले त झन हामीलाइ संकट आइलागेको छ । यतिवेला हामी झन धेरै एकतावद्ध र वलियो वनेर अगाडी वढ्दैछौं । हामी जम्वुलाइ नयाँ रुप दिन सक्छौं ।’ त्यस्तै समितिका सदस्य प्रविण अधिकारी भन्छन् – ‘ राहत र उद्धारका नाममा खिचातानी हुदोरहेछ धेरै । उदाहरणका लागि सबै परिवार गुमाएर एक्लिएकी छिरिङ गोले वहिनीको हेरचाह गर्ने भनेर एकखाले अस्वभाविक तानातान र घोषणाको वातावरण वन्यो । उनी बाहेक अरु पनि असाहय वनेका व्यक्तिहरु छन् । उनीहरु सबैको रेखदेख र हेरचाहको वातावरण निर्माण गर्नपनि यही समितिले समन्वयन गर्छ ।

    नौ सदस्सिय समितिमा अध्यक्ष दावा लामा, उपाध्यक्ष देवकि लामा, सचिव विकेश तामाङ, सहसचिव रोषन तामाङ, कोषाध्यक्ष जीवन अधिकारी, सदस्यहरु प्रविण अधिकारी, सुवास राउत, कृष्ण वहादुर रुम्वा र निमाग्याम्जो तामाङ रहेका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार