आइतबार, श्रावण ३१ गते २०८३
images

कर्णाली प्रदेशमा थप २३ जनामा कोरोना संक्रमण पुष्टि

  • 1.9K
    SHARES
  • श्रावण २८, २०७७ बुधबार

    काठमाडौं । पछिल्लो २४ घण्टामा कर्णाली प्रदेशमा २३ जना कोरोना संक्रमित थपिएका छन् ।

    सुर्खेतस्थित कर्णाली प्रदेश अस्पताल, पशुपन्छी अन्वेषण प्रयोगशाला र दैलेख अस्पतालको प्रयोगशालामा भएको परीक्षणबाट थप २३ जनामा संक्रमण पुष्टि भएको हो ।

    सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका अनुसार थपिएका मध्ये सुर्खेतका ११ महिलासहित १८ जना, दैलेखका ४ जना र एकजना सल्यानका रहेका छन् ।

    यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २०३४ पुगेको छ ।

    यस्तै, कर्णालीमा बुधबार ३ जना डिस्चार्ज भएका छन् । डिस्जार्ज हुनेको संख्या १८९४ पुगेको छ । प्रदेशमा ६ जनाको मृत्यु भइसकेको छ भने १३४ जना संक्रिय संक्रमित आइसोलेसनमा रहेका छन् ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार