आइतबार, श्रावण ३१ गते २०८३
images

कालिकोटको महाबै गाउँपालिमा पहिरो जाँदा ६ जनाको मृत्यु

  • 2.8K
    SHARES
  • श्रावण ३०, २०७७ शुक्रबार

    काठमाडौं । कालिकोटको महाबै गाउँपालिका वडा नम्बर ३ नकु भन्ने स्थानमा पहिरो जाँदा ६ जनाको मृत्यु भएको छ ।

    गएराति आएको पहिरोले वडा सद रजबहादुर विष्टको घर पुरिँदा ६ जनाको मृत्यु भएको हो ।

    पहिरोमा घर पुरिँदा वडा सदस्य विष्टका दुई छोरा, दुई छोरी र उनका दाजु डिल बहादुर विष्टका दुई छोरी गरी छ जनाको मृत्यु भएको कर्णाली प्रदेशका मुख्यमन्त्रीका स्वकीय सचिव खेम सिंहले जानकारी दिए। स्वकीय सचिव सिंहले आफू घटनास्थलमा नै भएको र उद्दारमा लागिरहेको जानकारी दिएका छन।

    जिल्ला प्रहरी कार्यालय कालिकोटले भने मृत्यु हुनेहरु चार जना एकै घरका सदस्य र दुई जना छिमेकी भएको जानकारी गराउँदै उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार