कास्की । गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
क्षयरोग उपचार केन्द्र पोखराको प्रयोगशालामा गरिएको परीक्षणका क्रममा तनहुँका १ र कास्कीका ५ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोद बिन्दु शर्माले जानकारी दिएका छन ।
जसअनुसार पोखरा उपमहानगरपालिका वडा नंबर १६ मा २ पुरुष र २ महिला तथा वडा नम्बर ५ मा एक महिला रहेका छन ।
त्यसैगरी तनहुँको भानु नगरपालिका वडा नम्बर ४ मा एक पुरुष रहेका छन ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लगिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ७ हजार ९ पुगेको छ।