सोमबार, भाद्र १ गते २०८३
images

चितवनमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

  • 2.4K
    SHARES
  • भाद्र ८, २०७७ सोमबार

    चितवन । चितवनमा एक बालिकासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    कोभिड–१९ प्रयोगशालामा गएराति गरिएको परीक्षणमा पाँच बर्षीया बालिकासहित ७ जना महिला र ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको डा. नीतु अधिकारीले जानकारी दिइन् ।

    संक्रमितहरु सबै भरतपुर महानगरपालिकाका हुन् । महानगरपालिकाका वडा नं। ७, ९, १०, ११ र १२ मा फेला परेका हुन् ।

    भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा आइतबार २०९ वटा नमुना परीक्षण गरिएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार