सोमबार, भाद्र १ गते २०८३
images

बागमती प्रदेशको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक,सुझाव पठाउन अनुरोध

  • 4.3K
    SHARES
  • भाद्र ९, २०७७ मंगलबार

    हेटौंडा । बागमती प्रदेशले प्रदेशको शिक्षा नीतिको प्रारम्भिक मस्यौदा सार्वजनिक गर्दै सुझाव मागेको छ । सामाजिक विकास मन्त्रालयले सोमबार मस्यौदा सार्वजनिक गर्दै १५ दिनभित्र सुझाव पठाउन भनेको छ ।

    प्रदेशको शिक्षा नीतिमाथि सबै सरोकारवालाको अपनत्व गराउनका लागि सुझाव माग गरिएको सामाजिक विकासमन्त्री युवराज दुलालले बताएका छन । सुझाव मन्त्रालयमै बुझाउन वा इमेल ठेगानामा पठाउन भनिएको छ ।

    मस्यौदा माथिको सुझाव प्राप्त भएपछि प्रदेश सरकारले शिक्षासम्बन्धी विधेयक पनि बनाउने मन्त्री दुलालले बताएका छन । ‘सरकारले कानुन बनाउनुअघि नीति बनाउन सुझाव खोजेको हो’ उनले भने ।

    हेर्नुहोस् शिक्षा नीतिको मस्यौदा 

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार