शनिबार, श्रावण ३० गते २०८३
images

भेरी अस्पतालका एक डाक्टरसहित १५ जनामा कोरोना पुष्टि

  • 4.3K
    SHARES
  • भाद्र ९, २०७७ मंगलबार

    नेपालगञ्ज । भेरी अस्पतालका एक डाक्टरसहित बाँकेका ९ र बर्दियाका ६ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    मंगलबार भेरी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा भेरी अस्पतालका फिजिसियन डाक्टरसहित बाँकेका ९ र बर्दियाका ६ गरी १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिएका छन ।

    श्रेष्ठका अनुसार भेरी अस्पतालका एक डाक्टर, एभरेस्ट बैंकका दुई कर्मचारी, वडा प्रहरी कार्यालयका एक प्रहरी सहित बाँकेका ९ र बर्दियाका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

    भेरी अस्पतालका फिजिसियन डाक्टर राजन पाण्डेले आफ्नो फेसबुक मार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जनाएका छन ।

    पछिल्लो २४ घण्टामा अस्पतालको प्रयोगशालामा परिक्षण गरिएका ४ सय स्वाबको नमुना मध्ये १५ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

     

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार