बुधबार, भाद्र ३ गते २०८३
images

काठमाडौंमा ६ घन्टादेखि वर्षा, सिन्धुलीमा अलर्ट जारी


  • 1.4K
    SHARES
  • भाद्र २१, २०७८ सोमबार

    काठमाडौं, २१ भदौ

     

    काठमाडौं उपत्यकामा आइतबार रातिदेखि नै वर्षा भइरहेकाे छ । साेमबार बिहान पनि वर्षा थामिएकाे छैन ।

     

     लगातार ६ घन्टाको वर्षाले बागमती र यसका सहायक नदीमा जलसतह बढेको छ । बागमती नदी खोकनास्थित जलमापन केन्द्रमा जलसतहले सतर्कता पार गरेको बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । वर्षा जारी रहेकाले थप सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

     

    बुढानिलकण्ठ, सुन्दरजल लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा भएको हो ।

     

    यसैगरी, सिन्धुलीमा पनि भारी वर्षा भएको छ । हरिहरपुरगढी र  त्यस क्षेत्रमा पछिल्लो ६ घन्टामा भारी वर्षा भएपछि महाशाखाले तटीय क्षेत्रका बासिन्दाको मोबाइलमा अलर्ट एसएमएस जारी गरेको छ । माेबाइल प्रदायक कम्पनीहरूकाे सहकार्यमा एसएमएस पठाइने गरिन्छ । आकस्मिक बाढी र ढुवानको जोखिम बढेको हो ।

     

    त्यस्तै, चितवनकाे माडी क्षेत्रकाे छर्छरे, कल्याणपुर, कनकट्टा, गाेविन्दवस्ती र आसपासका क्षेत्रमा तीन घन्टादेखि पानी परिरहेकाे छ ।

     

    हाल नेपालमा मनसुनी वायुको प्रभावका कारण वर्षा भइरहेको मौसमविद्ले बताएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार