मंगलबार, भाद्र २ गते २०८३
images

'काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा'


  • 1.6K
    SHARES
  • भाद्र २७, २०७८ आइतबार

    काठमाडौं, २७ भदौ

    काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले काष्ठमण्डप पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको बताएका छन् । काष्ठमण्डप परिसरमै ‘न्यकू बाजा र गुंला’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै शाक्यले काष्ठमण्डपको काम ९५ प्रतिशत सम्पन्न भएको जानकारी दिए ।

    अहिले अन्तिम कार्य अर्थात छानो छाउने काम भैरहेको शाक्यको भनाइ छ । उनले भने, ‘काष्ठमण्डप राम्रो बनाउनुपर्छ, चाँडो बनाउनुपर्छ र यसको ऐतिहासिक र साँस्कृतिक पक्षमा कुनै आँच नआउने गरी पुनर्निर्माण भइरहेको छ ।’ 

    काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष एवं बागमती प्रदेश सांसद राजेश शाक्यले महानगरबाट ११ करोड ५० लाख सहयोग प्राप्त भएको जानकारी दिए । काष्ठमण्डपको छानो छाउने काम भैरहेको भन्दै अब छिटै काम सम्पन्न हुने उनको भनाइ छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार