काठमाडौं । नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको छ । जस अनुसार पेट्रोलमा प्रतिलिटर १ रुपैयाँ र डिजेलमा २ रुपैयाँले मूल्य बढेको छ ।
हवाई इन्धनमा आन्तरिकतर्फ २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ १५ रुपैयाँले मूल्य घटाइएको छ । नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा लिटरको १६३ रुपैयाँ कायम भएको छ भने डिजेल १५३ रुपैयाँ रहेको छ।
सुर्खेत र दाङ लगाएतका क्षेत्रमा पेट्रोल १६२ र डिजेल १५२ रुपैयाँ पर्ने छ । अन्य क्षेत्रमा पेट्रोल १६० रुपैयाँ ५० पैसा पर्नेछ भने डिजेल १५० रुपैयाँ ५० पैसा पर्नेछ ।
आज बसेको निगमको सञ्चालक समितिको बैठकले आज राति १२ बजेबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य बढाएको हो ।
