काठमाण्डौ । माओवादी द्वन्द्वका समय देखी घटेको पर्यटक आगमन द्वन्द्व पश्चात तङ्ग्रदै गर्दा कोभिड-१९ ले झनै थिलथिलो बनायो । कोभिड पछी पनि पर्यटक आगमन अगाडिको अवस्थासम्म आउन सकेको छैन । सन २०१९ को कोभिडले करीव २ बर्ष असर पारेको थियो । कोभिड पश्चात पनि यसले गती लिन सकेको छैन ।
नेपाल पर्यटनबोर्डले सार्वजनिक गरेको सन २०२४ को तथ्याङ्क अनुसार यो बर्ष नेपालमा ११ लाख ४५ हजार पर्यटक आएका छन् । गत बर्षको तुलनामा यो बर्ष करिव १ लाख ३१ हजार बढी हो । तर पनि अझै कोभिडको समय भन्दा अगाडिको दाँजोमा पुग्न सकेको छैन् ।
पर्यटन बोर्डका अनुसार अघिल्लो बर्षको तुलनामा यो बर्ष पर्यटक आगमन १४ प्रतिशतले बढी हो । यस् अनुसार दैनिक ३००० पर्यटक नेपाल भित्रिएको देखिन्छ । सन २०२० देखी २२ सम्मको अवस्था हेरी तुलनात्मक रुपमा सुधार देखिएपनी अपेक्षित भने होइन् ।
यो बर्ष नेपाल प्रिमियर लिग, विश्व बौद्ध सम्मेलन, अन्तरराष्ट्रिय बेलुन महोत्सव र ड्रागन बोट महोत्सव लगायतले केही मात्रामा पर्यटन आगमन बढेको बोर्डका प्रमुखको भनाइ छ । हाल त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भईरहेको स्तरोन्नतीले गर्दा दैनिक १० घण्टा विमानस्थल नै बन्द गर्नु परेको छ । यसको असर हवाइ टिकटमा देखिएको छ । जसले हावाइ भाडा महँगो भई पर्यटन आगमन झनै कम हुने देखिन्छ् ।