बिहीबार , कार्तिक २० गते २०८३
images

देशभरको मौसम बदली

  • 7.8K
    SHARES
  • फाल्गुण १५, २०७५ बुधबार

    काठमाडौं । पश्चिमी वायुको प्रभावका कारण देशभरको मौसम बदली भएको छ । काठमाडौं उपत्यकामा केहीबेर घाम लागे पनि फेरि बादल लाग्ने र पानी पर्ने मौसमविदको पूर्वानुमान छ । पश्चिमी भागका अधिकांश स्थानमा भने पानी परिरहेको छ ।

    मौसमविद मन्जु बासीका अनुसार, ‘पश्चिमतिरका सबै जिल्लामा पानी परिरहेको छ । चितवन र बारामा पनि डिस्टर्ब छ । बिराटनगरमा छिटपुट वर्षा भएको देखिन्छ अब बिस्तारै माथितिर सर्दै काठमाडौंमा पनि पानी पर्छ । लुक्लामा पनि पानी परेको छ ।’

    पश्चिम, मध्य र पूर्वी भागका उच्च स्थानमा हिमपात पनि भइरहेको मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

    मध्य, पश्चिम र पूर्वी भूभागको मौसम बिहीबार बेलुकीसम्म बदली हुने पूर्वानुमान छ । शुक्रबारबाट मौसममा क्रमिक सुधार आउने मौसमविद बासीले बताएकी छन ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार