आइतबार, श्रावण ३१ गते २०८३
images

हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका मन्त्री अधिकारीलगायतको शव आज काठमाडौँ ल्याईदै

  • 2.8K
    SHARES
  • फाल्गुण १६, २०७५ बिहीबार

    काठमाडौं । हेलिकोप्टर दुर्घटनामा मृत्यु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायतको शव नेपाली सेनाले आज काठमाडौँ ल्याईदैछ । बुधबार साँझ दुर्घटनास्थलबाट सेनाको हेलिकोप्टरले हुक गरेर चार शव सुकेटार विमानस्थलमा ल्याएको छ ।

    अन्य शव वर्षा र हिउँका कारण उद्धार गर्न सकिएको थिएन । उक्त तीन शव आज बिहान सेनाको हेलिकोप्टरद्वारा ल्याउन लागिएको हो । सुकेटार विमानस्थलमा शव ल्याई पु¥याएलगत्तै शव ताप्लेजुङबाट काठमाडौँ पठाइने प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिएका छन ।

    काठमाडौँबाट तेह्रथुमको चुहानडाँडामा विमानस्थलको सम्भाव्यता अध्ययनका लागि मन्त्री अधिकारीसहितको टोली कार्यक्रम सकेर पाथीभरा हुँदै काठमाडौँ फर्किने क्रममा बुधबार ताप्लेजुङको फुङलिङ नगरपालिका–१० तारेभीरमा बुधबार दुर्घटनामा परेको थियो।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार