भारतले पाकिस्तानी भूभागभित्र हवाई आक्रमणमा १००० किलो बम खसालिएको र ३०० जना मारिएको भारतीय सेनाले गरेको दाबी गलत देखिएको छ । भारतीय वायु सेनाले हानेको उत्त चार बम एक ग्रामिण क्षेत्रको उत्तरी पाकिस्तानको जावा सहर बाहिर र पाकिस्तानको राजधानी इस्लामावादबाट १०० किमी उत्तर वनक्षेत्र र एक किसानको खेतमा खसेको पाइएको छ । बम हानिएको स्थान नजिक धार्मिक विद्यालय रहेको भेटिएको छ ।
जैश–ए–मोहम्मदको सम्बन्धन देखिने मद्रसामा के हुन्छ भन्ने रहस्य नै रहेको छ । अल जजिराका सम्वादाता स्कुल पुग्दा उनीहरुलाई त्यहाँ जान अनुमति नदिइएको बताइएको छ । अल जजिराका सम्वादाताहरु घटनास्थल पुग्दा चोइटिएका रुखहरु र पत्थर यत्रतत्र छरिएको अवस्थामा थिए तर बमले हान्दा समेत भवनहरुका भग्नावशेष अथवा हताहतीको कुनै प्रमाण समेत देखिएन । स्पष्ट रुपमा खाल्डो बनेको स्थल वरपर बमका धातुका टुक्राहरु मात्र थिए । बुधबार अल जजिराले बम प्रहार भएको क्षेत्र भ्रमण गरेको थियो ।
भारतले आफ्नो विज्ञप्तीमा ‘आक्रमणमा परेर जैश–ए–मोहम्मद’का आतकंवादी, तालिम दिने, शीर्ष कमाण्डर र आत्मघाती आक्रमणको तालिम लिइरहेका जिहादीहरु मारिएको बताएको थियो ।’हवाई हमलामा ‘जैश–ए–मोहम्मद’ को तालिम केन्द्र समेत ध्वस्त पारेको उसले दावी गरेको थियो ।
पाकिस्तानले भारतीय हवाई आक्रमणको तद्काल कडा शब्दमा आलोचना समेत गरेको थियो । उसले बमबारीमा भारतले दावी गरेजस्तो कोही पनि नमारिएको जवाफ पनि दिएको थियो । बम हमला स्थानीय समय अनुसार विहानको ३ बजे भएको थियो । बमबर्सा भएको घटना लगतै सो स्थानमा स्थानीय बासिन्दाहरु पुगे तर उनीहरुले घटनास्थल पुग्दा आफूहरुले कोही घाइते अथवा मृत नभेटेको बताएका थिए ।