विश्वका प्रमुख अर्थतन्त्र भएका देशहरुको जापानको हिरोसिमामा भएको जि ७ को शिखर सम्मेलनलाई सम्बोधन गर्दै युक्रेनका राष्ट्रपती भोलोडिमिर जेलेन्स्कीले सन १९४५ मा जापानको हिरोसिमामा भएको बिनाशको तस्वीरमा युक्रेनको पिडाको प्रतिध्वानी देखेको बताएका हुन।
जि ७ मुलुकका नेताहरुले राष्ट्रपती जेलेन्स्कीलाई सम्मानित अतिथिका रुपमा स्वागत गर्दै आफ्नो पुर्ण समर्थन दोहोर्याउदै जि ७ शिखर सम्मेलन सप्पन्न गरेको छ।
रसियाले बखुमतमा विजय हासिल गरेको दाबी गरेको र मिशन पूरा क्षणको शंखघोस गर्दै गर्दा युक्रेनका राष्ट्रपति जेलेन्स्कीको यो भनाइ आएको हो। तर पनि जेलेन्स्कीले अझै पनि बखुमतका शहरका केही खण्ड आफ्नो नियन्त्रणमा रहेको जनाएका छन।