आइतबार, श्रावण ३१ गते २०८३
images

हवाई कारबाहीमा आठ तालिबान लडाकू मारिए

  • 2.6K
    SHARES
  • पौष १०, २०७५ मंगलबार

    अफगानिस्तानको पूर्वी प्रान्त लोगारमा सोमबार तालिबान लडाकू लुकेर बसेका इलाकालक्षित अफगान सुरक्षाबलले गरेको हवाई कारबाहीमा कम्तीमा आठ लडाकू मारिएका छन् । 
    लोगारको आघा जिल्लामा भएको यस कारबाहीको प्रान्तीय प्रवक्ता शाहपोर अहमादजाईले पुष्टि गर्नु भएको छ । सो कारबाहीमा आठ लडाकू मारिनुको साथै अन्य कैयौ घाइते भएका सरकारी स्रोतले औपचारिक रुपमा घोषणा गरेको हो । 
    अफगानिस्तानमा नेटोआवद्ध सेनाको सहयोगमा अफगान सुरक्षा अधिकारीहरुले तालिबान लडाकूमाथिको कारबाही बृद्धि गरेको पाइन्छ । 

    तालिबान लडाकूले कब्जा गरेको कैयौ स्थान सुरक्षा अधिकारीहरुको जारी राखेका प्रयासका कारण पुनः सरकारको नियन्त्रणमा आएको छ । 

    यद्यपी तालिबान लडाकूको आक्रमणमा परी ज्यान गुमाउने सुरक्षा अधिकारीको सङ्ख्या पनि हाल दिनहरु नबढेको भने होइन । 

    सोमबार भएको यस हवाई कारबाहीको अफगान सरकारसँग लडाई गरिरहेका तालिबान आतङ्ककारी समूहले भने कुनै टिप्पणी गरेका छैनन् । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार