मंगलबार, भाद्र २ गते २०८३
images

टहरा नहट्दा ‘सर्भिस ट्र्याक’ निर्माण अवरुद्ध

  • 3.7K
    SHARES
  • फाल्गुण २१, २०७५ मंगलबार

     काठमाडौं । सडक छेउमा रहेका टहरा हटाउन नसक्दा कलङ्की–कोटेश्वर सडकको विभिन्न स्थानमा ‘सर्भिस ट्र्याक’ बन्न सकेको छैन । सहायक सडक हुँदै मुख्य सडकमा प्रवेश गर्नका लागि बनाइएको ‘सर्भिस ट्र्याक’ बन्न नसक्दा चक्रपथ छिर्न कठीन भएको चालक बताउँछन् । 

    महालक्ष्मीस्थान, धोबीघाट, बालकुमारी, ग्वार्कोलगायतका स्थानमा सडक मापदण्डभित्रै रहेका टहरा हट्न नसकेको चक्रपथ सुधार योजनामा कार्यरत इञ्जिनीयर निरञ्जन शर्मा अर्यालले बताएका छन । उनका अनुसार यी स्थानमा ठूला घर नभएपनि काठ, बाँसलगायतका निर्माण सामग्री राख्नका लागि बनाइएका टहरा यथावत् रहेका छन् । 

    पटक÷पटक यी टहरा हटाउनका लागि भनिएपनि नहट्दा काममा बाधा पुगेको योजनाले बताएको छ । उनले भने, “हामीले लिखित र मौखिक दुबै रुपमा टहरा हटाउन भनिरहेपनि उनीहरुले बेवास्ता गर्दै आएका छन् ।” 

    नेपाल सरकारले गर्ने भनिएको भित्री दुई लेनको सडकमा झण्डै ७० प्रतिशत काम भइसकेको उनले बताएका छन । अर्यालले भने, “टहरा हट्नासाथ बाँकी ३० प्रतिशत अघि बढ्नेछ ।” स्थानीय तहले यहाँका घरटहरा हटाउनका लागि सहयोग नगरेको योजनाले बताउँदै आएको छ । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार