सोमबार, भाद्र १ गते २०८३
images

प्रयोगशाला विस्फोट : तीन विद्यार्थीको मृत्यु

  • 2.9K
    SHARES
  • पौष ११, २०७५ बुधबार

     बेइजिङस्थित एक विश्वविद्यालयमा बुधबार प्रयोगशालामा विस्फोट हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको अग्नि नियन्त्रण विभागले जनाएको छ । 

    बेइजिङ अग्नि नियन्त्रण विभागका अनुसार वातावरण इन्जिनियरिङ प्रयोगशालामा फोहोर पानी प्रशोधन सम्बन्धी वैज्ञानिक अनुसन्धानको कार्य भइरहेका बेला उक्त विस्फोट भएको हो । 

    उक्त विस्फोट बेइजिङको पश्चिमतर्फ रहेको बेइजिङ जियाओटाङ विश्वविद्यालयमा स्थानीय समयअनुसार बिहान ९.३० बजे भएको थियो । 

    घटनास्थलमा झण्डै ३० जना अग्निनियन्त्रक परिचालन गरिएको थियो । आगो नियन्त्रण गर्न झण्डै एक घण्टा लागेको थियो । स्थानीय अधिकारीहरुले उक्त घटनाको अनुसन्धान थालेका छन् । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार