बुधबार, भाद्र ३ गते २०८३
images

न्यूजिल्याण्डको मस्जिदमा आक्रमण, २७ जनाको मृत्यु

  • 2.9K
    SHARES
  • चैत्र १, २०७५ शुक्रबार

    एजेन्सी । न्युजिल्याण्डको दुईवटा मस्जिदमा भएको गोलीबारीमा कम्तीमा २७ जनाको ज्यान गएको छ । न्युजिल्याण्ड हेराल्डका अनुसार गोलीबारीमा २७ जनाको मृत्यु भइसकेको छ भने कैयौँ घाइते छन् ।

    घाइतेहरुलाई अस्पताल लैजाने काम भइरहेको छ । प्रहरीले सेन्ट्रल क्राइस्टचर्चलाई चारैतिरबाट घेरा हालेको छ । हमलाकारी मध्येका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । तर उनको संलग्नता पुष्टि भएको छैन ।

    न्युजिल्याण्डका प्रधानमन्त्री जैसिन्डा अर्डर्नले यो घटना न्युजिल्याण्डको इतिहासमा सबैभन्दा कालो दिन रहेको बताएका छन् ।

    सो क्षेत्रमा विद्यालय र अस्पलात बन्द भएका छन् । उक्त मस्जिद नजिकै बंगलादेशका क्रिकेट खेलाडी पनि थिए । खेलाडीहरु भने सुरक्षित छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार