बुधबार, भाद्र ३ गते २०८३
images

न्युजिल्याण्ड मस्जिद आक्रमणमा चालिस जनाको मृत्यु, बीस घाइते

  • 3.2K
    SHARES
  • चैत्र १, २०७५ शुक्रबार

    एजेन्सी । न्युजिल्याण्डको क्राइस्टचर्चस्थित एउटा मस्जिदमा आतङ्ककारी समूहले शुक्रबार गराएको विष्फोटमा परी कम्तीमा ४० जनाको मृत्यु भएको न्युजिल्याण्डका प्रधानमन्त्री यासिन्दा अडर्नले जानकारी दिएका छन। 

    उक्त आक्रमणमा परी २० जना घाइते भएका बताइएको छ । घाइते सबै जनालाई स्थानीय अस्पतालमा लगि उपचार शुरू गरिएको छ । घाइतेमध्ये अधिकांशलाई गम्भीर चोट लागेकोले मृतक सङ्ख्या बढ्न सक्ने बताइएको छ । 

    “यो प्रष्ट भएको छ कि आक्रमण आतङ्ककारी समूहबाट भएको हो,” प्रधानमन्त्री अडर्नले भने । “प्रारम्भिक अनुसन्धानपछि हामीलाई आएको सूचनामा आक्रमण सुव्यवस्थित तथा सुनियोजित रहेका बताइएको छ ।” 

    “अन्य दुई विस्फोटक पदार्थ राखी पठाइएको आशङ्कामा दुई गाडीलाई नियन्त्रणमा लिई निष्क्रिय बनाइएको छ,” प्रधानमन्त्रीले घटनास्थलबाट पाएको सूचनालाई उद्धृत गर्दै जानकारी दिएका छन । 

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार