बुधबार, भाद्र ३ गते २०८३
images

न्युजिल्याण्डम सेमी–अटोमेटिक तथा अटोमेटिक राइफलमाथि प्रतिबन्ध

  • 3.9K
    SHARES
  • चैत्र ७, २०७५ बिहीबार

    एजेन्सी । न्युजिल्याण्डले सैन्य प्रकृतिका सेमी–अटोमेटिक तथा अटोमेटिक राइफलमाथि प्रतिबन्ध लगाउने भएको छ । क्राइस्टचर्चका दुई मस्जिदमा गएको शुक्रबार एक बन्दुकधारीको आक्रमणमा ५० जनाको ज्यान गएपछि न्युजिल्याण्डले बन्दुक सम्बन्धी कानुन कडा बनाउने भएको हो ।

    प्रधानमन्त्री ज्यासिन्डा आर्डर्नले देशको इतिहासमै सबैभन्दा भयानक गोलीकाण्डले आफूहरुलाई हल्लाएको र बन्दुक सम्बन्धी कानुन कडा बनाउने निर्णयमा सरकार पुगेको बताएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

    आक्रमण लगत्तै प्रधानमन्त्री आर्डर्नले घटना आतंकवादी रहेको र देशको बन्दुक सम्बन्धी कानुन कडा पारिने बताएकी थिइन् ।

    उनले बिहीबार भनेकी छन्, ‘मार्च १५ को दिन हाम्रो देशको इतिहास सधैँका लागि फेरियो । अब हाम्रो कानुन पनि । सबै न्युजिल्याण्ड बासिन्दाको तर्फबाट हामीले यो घोषणा गर्दैछौँ कि बन्दुक सम्बन्धी हाम्रो कानुन कडा पार्ने छौँ र देशलाई सुरक्षित ।’

    उनले पत्रकार सम्मेलनमा भनेकी छन्, ‘आक्रमणको बेला प्रयोग भएका जस्ता सबै सेमी–अटोमेटिक हतियार प्रतिबन्धित भएका छन् ।’

    नयाँ कानुन आउँदो अप्रिल ११ देखि लागु हुने उनले बताएकी छन् । उच्च क्षमताका म्यागजिन, अटोमेटिक राइफल र सैन्य प्रकृतिका सेमी–अटोमेटिक हतियारमा प्रतिबन्ध लागेको उनले बताइन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार