एउटा यस्तो अचम्मको सडक दुर्घटना भयो जुन घटनामा कारसँग साइकल ठोकिएर साइकल नभई कार नै कच्याककुचुक भयो । दुर्घटना हुनु संयोग हो । यस अवस्थामा कुनै पनि सवारी अन्य सवारीसँग ठोकिन सक्छ वा कारसँग साइकल ठोक्किनु पनि नयाँ कुरा भएन । हामीले सहज अनुमान लगाउन सक्छौं कि कारसँग साइकल ठोकिए साइकल नै कच्याककुचुक हुनेछ । यस्तो भएको भए यो पनि नौलो कुरा हुँदैन थियो । तर, जब साइकलसँग कार ठोक्किछ र कार भने कच्याककुचुक हुन्छ तब यो कुरा आश्चर्यको विषय बन्छ र अहिले बनेको छ ।
अहिले हाम्रो छिमेकी राष्ट्र चीनमा यस्तै रोचक विषय बन्न पुगेको छ । एउटा साइकल कारसँग ठोकियो र साइकलमा कुनै क्षति पुगेन तर कारको अगाडिको बनोट पूर्णरुपमा क्षतिग्रस्त बन्यो । यो तस्वीर सोसल मिडियामा भाइरल समेत बनेको छ । चीनको सेन्जेन शहरमा भएको यो घटनामा कारलाई कुच्याइदिने साइकलको धेरैले प्रशंसा गरेका छन् । त्यस्तो बलियो साइकलको बारेमा जान्न मानिसहरु उत्सुक भए । घटनाको भिडियो समेत बाहिरिएपछि मानिसहरुले कार कम्पनीको मजाक उडाए ।
कतिपयले त्यो फोटो तथा भिडियो नक्कली भएको प्रतिक्रिया पनि दिएका थिए । तर, स्थानीय प्रहरीले यो घटना वास्तविक भएको पुष्टि गरिदिएपछी सबै चकित परे । साइकलमा कुनै क्षति नभएको त्यो दुर्घटनामा साइकल चालक भने सामान्य घाइते भएका छन् । त्यस्तै कारको अगाडिको भाग नराम्रोसँग क्षतिग्रस्त भएपनि कारमा यात्रा गरिरहेका मानिसहरू भने सुरक्षित छन् । यसको पिपुल्स डेली चाइनाले तस्वीर सहितको समाचार छापेको थियो ।