मंगलबार, भाद्र २ गते २०८३
images

झडपमा आठ प्रहरीसहित १५ जनाको मृत्यु

  • 4.1K
    SHARES
  • चैत्र २८, २०७५ बिहीबार

    कुन्दुज । अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको चाद्र्रा जिल्लामा तालिबानी लडाकू र प्रहरीबीच भएको एक झडपमा परी १५ जनाको मृत्यु भएको छ । यस भिडन्तमा ८ जना प्रहरी र ७ जना तालिबानीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    चाद्र्रा जिल्लाको सदरमुकाम नजिकै रहेको प्रहरी जाँच चौकीमा तालिबान समूहले बिहीबार बिहान सबेरै गरेको आक्रमणपछि दोहोरो गोली हानाहान भएको प्रहरी अधिकारी अब्दुल हाजी जमालले बताएका छन ।

    यस झडपमा कम्तीमा १० सुरक्षाकर्मी र ६ जना विद्रोही घाइते भएका छन् । चाद्र्रा जिल्लाको ठूलो भागमा कब्जा गरेर बसेका तालिबान लडाकू समूहले भने यस झडपका विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

    सन् २०१४ को अन्त्यमा नेटोले अफगान युद्धमा प्रत्यक्ष सहभागी नहुने घोषणा गरेलगत्तै अफगानिस्तानको सुरक्षाको सम्पूर्ण जिम्मा अफगान सुरक्षाबलको हातमा आएको थियो ।

    अफगान सुरक्षा अधिकारीहरुले सन् २०१५ को जनवरी १ बाट सम्पूर्ण सुरक्षाको जिम्मा आफ्नो काँधको लिएपछि सो समयदेखि हालसम्म अफगान सुरक्षा अधिकारीको हताहतको सङ्ख्या बढेको छ ।

    गृहयुद्धमा रहेको अफगानिस्तानमा तालिबान र इस्लामिक स्टेट समूहहरुले सुरक्षा र सरकार समर्थक अधिकारी लक्षित बारम्बार आक्रमण गर्दै आएका छन् ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार