विकिलिक्स पछिल्लो एक दशक भन्दा बढी समय चर्चित समाचार दिइरहेको छ। आफ्नो शुरुवातमा उसले गोपनीय दस्तावेज सार्वजनिक गर्दै बिभिन्न देशको सरकारको बेइज्जत गरेको थियो । तर कयौ पटक यसको गतिविधिले गर्दा कति मान्छेको जिन्दगि नै खतरामा पार्दै धेरैमा डर समेत पैदा गरेको थियो ।
विकिलीक्सको मालिक जुलियन असांजे लगातार विवादमा परिरहेका छन् । बिहिबार ( चैत्र २८,२०७५ ) बेलायतको लण्डनमा इक्वाडोर दूतावासमा करिव ७ बर्ष बसेका उनलाई लन्डन प्रहरीले पक्राउ गरेको छ ।
एक करोड सूचना लिक
विकिलीक्सको स्थापना सन् २००६ मा भएको थियो। अस्ट्रेलियामा जन्मिएका असांजेले यसको स्थापना गरेका थिए । अंसाजेले भनेका थिए गोपनीय जानकारी प्रकाशित र स्रोतहरूको सुरक्षाका लागि तिनीहरूले इन्क्रिप्सन र सेन्सरबोर्ड-प्रमाण वेबसाइट प्रयोग गर्नेछन्। सबैभन्दा पहिला सन् २००७ मा यसले संसारको ध्यान आफ्नो तर्फ केन्द्रित गर्यो। यसले ग्वांतानामोमा रहेको अमेरिकी जेल गार्ड्सको लागि बनेको नियम जारी गर्यो । तर सन् २०१० मा विकिलीक्सले तब चर्चा पायो जतिबेला उसले द न्यूयोर्क टाइम्स, द गार्जियन, डेर स्पाइगेल, ले मोंडे र अल पाइसको साथ मिलेर काम गर्नुका साथै लाखौ गोपनीय राजनीतिक दस्तावेजको सार्वजनिक गर्यो । अहिलेसम्म विकिलीक्सले राजनीतिज्ञ, सरकारी एबं सङ्गठनसंग जोडिएको करिव एक करोडभन्दा बढी दस्तावेज तथा यससंग सबन्धित विश्लेषण सार्वजनिक गर्यो ।
यो थियो विवाद
विकिलीक्सले शुरुआती दिनमा अमेरिकादेखि यूरोप, चीन, अफ्रीका तथा मध्य पुर्वसम्म सरकारको गोपनीय दस्तावेजको लिक गरेको थियो । तर केहि समयदेखि विकिलीक्सले अमेरिकासंग जोडिएको दस्तावेजको लीक गर्ने कार्यमा तिब्रता दिएको थियो । असांजेले विकिलीक्स र रुस मिलेर काम गरेको आरोप भने खण्डन गरे । विकिलीक्सले सन् २०१६ मा अमेरिका की डेमोक्रेटिक पार्टीका अधिकारीको इमेल सार्वजनिक गरि हलचल मच्चाएको थियो। जसमा राष्ट्रपति प्रारम्भिक प्राथमिक चुनाव बाँकी रहदाँ हिलेरी क्लिंटनको बारे गोप्य दस्तावेज सार्वजनिक गरेको थियो । विकिलीक्समाथि ज्यादा रुढीवादी साउदी अरवको ए गे व्यक्तिको पहिचान खुलाएको आरोप लागेको छ । तर उसले आफूमाथि लागेको आरोपको खण्डन गरेको थियो ।
पक्राउ पुर्जी जारी
विकिलीक्सको दुरावस्था तब सुरु भयो जब कयौ स्क्यान्डलमा संस्थापक असांजेको नाम आयो । समर्थकहरुले एक हिरो र आलोचकहरुले एक चिन्चित नाम दिए । सेतो कपाल भएका अष्ट्रेलियाली अंसाजेले सन् २०१२ मा लण्डनमा रहेको इक्वाडोर दूतावासमा शरण लिएका थिए । उनीमाथि स्विडेनमा बलात्कारको आरोप समेत लागेको थियो । तर २०१७ मा स्विडेनले उनीमाथि लागेको बलात्कारको आरोप हटाएको भएपनि उनि दुतावासमा नै बसिरहेका थिए । उनलाई डर थियो कि अमेरिकाले गोपनीय दस्तावेजको लिक गरेको आरोपमा उनलाई केहि ।
स्नोडेन र म्यानिङ
सन् २०१० मा अमेरिकी डिप्लोमेटिक डकुमेन्टको लिक भएपछी अमेरिकाको बिश्वमाझ लज्जित हुनुपरेको थियो । विकिलीक्सको यो सात लाख गोपनीय दस्तावेज चेल्सिया मैनिंगले दिएका थिए । अमेरिकी सिपाही मैनिंगको बिना यो लीक हुन् संभव नै थिएन । मैनिंगको सन् २०१३ मा ३५ वर्ष जेल सजाय सुनाइयो र उनि सन् २०१७ मा ३ बर्षको सजाय काटेपछि रिहा भए । मार्च २०१९ मा उनलाई फेरी जेल पठाइयो। विकिलीक्सको टारगेट गर्ने वाली एक ग्रैंड ज्यूरीको जांचमा संलग्न भएकोमा रिहा गर्न मानिएन । पूर्व अमेरिकी खुफिया कन्ट्याक्टर एडवर्ड स्नोडेनको पनि विकिलीक्सको समर्थन भेटिए । यद्धपि उनले नेशनल सेक्युरिटी एजेन्सीसंग जोडिएको लिकको खुलासा गर्नको लागि विकिलीक्सको साइट प्रयोग गरेनन् । असांजेले स्नोडेनको अमेरिकाको कानुनी कारवाहीबाट बच्न तद्काल रुस जान सल्लाह दिएका थिए ।
फिल्ममा विकिलीक्स
विकिलीक्समाथि दुई ठुलो फिल्म बनिसकेको छ । उत्त फिल्म 'The Fifth Estate' र 'Risk', 2016 मा कान फिल्म फेस्टिवलमा विकिलीक्ससंग जोडिएको एक डकुमेन्ट्री समेत देखाइएको थियो । सन् २०१२ मा The Simpsons को एक एपिसोडमा असांजेले अतिथिको भूमिका दिएका थिए। उनले इक्वाडोर दूतावासबाट फोनमा आफ्नो आवाज रेकर्डिङ गराएका थिए । एजेन्सीको सहयोगमा