मंगलबार, भाद्र २ गते २०८३
images

प्रधानमन्त्री छनोट गर्न सेनाको आग्रह

  • 4.3K
    SHARES
  • बैशाख २, २०७६ सोमबार

    काठमाडौं । सुडानको संक्रमणकालीन सैनिक परिषद्ले पूर्वसरकारका पदाधिकारीहरुलाई गिरफ्तार गरेको छ ।

    परिषद्ले नयाँ प्रधानमन्त्री छनौट गर्न विपक्षीहरुलाई आग्रह समेत गरेको छ । गएको बिहीबार झण्डै ३० वर्ष शासन सम्हालेका ओमार अल बसिरलाई सत्ताच्युत गरेको थियो ।

    उनका समर्थकले सडकमा प्रतिरोध गर्ने प्रयास गरेपछि सेनाले सरकारका पूर्वपदाधिकारीलाई पनि नियन्त्रणमा लिएको हो ।

    सेनाले आइतबार पत्रकार सम्मेलन गर्दै आफूहरु नागरिक सरकार बनाउनका लागि सहयोग गर्न तत्पर रहेको जनाउँदै आफैंले प्रधानमन्त्री नियुक्त नगर्ने जनाएको छ ।

    सेनाले प्रदर्शनकारीहरुलाई हटाउन नचाहेको त र जनजीवन सामान्य बनाउनका लागि सहयोग गर्न सबैमा आग्रह गरेको छ । बीबीसी

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार