सोमबार, भाद्र १ गते २०८३
images

श्रृंखलावद्ध बम विष्फोटमा २० जनाको मृत्यु , २ सय जनाभन्दा बढी घाइते

  • 3.2K
    SHARES
  • बैशाख ८, २०७६ आइतबार

     काठमाडौं । श्रीलंकामा भएका श्रृंखलावद्ध बम विष्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ । २ सय जनाभन्दा बढी घाइते भएका छन् ।

    इसाई धर्मावलम्बीहरुले इस्टर पर्व मनाइरहेका बेला चर्च र होटलहरुमा श्रृंखलावद्ध विस्फोट भएको थियो ।

    कम्तीमा ६ स्थानमा विष्फोट भएको अधिकारीहरुले जनाएका छन् । राजधानी कोलम्बोका तीनवटा चर्च र तीन वटा होटलमा आक्रमण भएको थियो ।

    कोलम्बोको सेन्ट एन्थोनी, कतुवपितिया र बाटिकालोआ चर्चमा विष्फोट भएको छ । सांग्रिला, सिनामोन ग्राण्ड र किंग्सबरी होटलमा पनि विष्फोट भएको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् ।

    घटनाको थप विवरण आउन बाँकी छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार