सोमबार, भाद्र १ गते २०८३
images

भारतमा तेस्रो चरणको चुनाव सुरु : भोट हाल्नुअघि मोदीले लिए आमाको आशीर्वाद

  • 4.1K
    SHARES
  • बैशाख १०, २०७६ मंगलबार

    काठमाडौं । भारतमा लोकसभाको तेस्रो चरणको मतदान सुरु भएको छ । भोट हाल्न जानुअघि प्रधानमन्त्री नरेन्द्र मोदीले आमाको आशीर्वाद लिएका छन् ।

    भारतका १३ राज्य र दुई केन्द्र शासित प्रदेशका ११६ लोकसभा सिटका लागि आज मतदान भइरहेको छ । सात चरणका मतदानमध्ये तेस्रो चरणको यो चुनावलाई धेरै चासोका साथ हेरिएको छ । किनभने भाजपा अध्यक्ष अमित शाह, कांग्रेस अध्यक्ष राहुल गान्धी, जया प्रदा र आजम खानसहितका ठूला नेताहरुको भविष्य यही चुनावले निर्धारण गर्ने छ ।

    प्रधानमन्त्री नरेन्द्र मोदीले पनि गुजरात पुगेर आज मतदान गरेका छन् । मतदान गर्न जानुअघि उनले आमा हिराबेनको आशीर्वाद लिएका थिए । उनले आमालाई भेटेर पाउ ढोगे । अनि सल उपहार दिएर मिठाइ खुवाए ।


    यसैक्रममा आमा हिराबेनले पनि मोदीलाई निधारमा रातो टीका लगाइदिइन् र मिठाइ खुवाइन् । भोट हाल्न जानुअघि मोदीले आमासँग भेटेको तस्वीर भाइरल भइरहेको छ ।

    सन् २०१४ को लोकसभा चुनाव जितेपछि पनि मोदी आमालाई भेट्न गएका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार