काठमाडौं । उत्तर कोरियाका नेता किम जोङ–उन र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबिच पहिलोपटक भेटवार्ता भएको छ।
दुई नेताबिच रुसको तटीय शहर भ्लाडिभोस्तोकमा वार्ता भएको हो। उनीहरुले दुई देशबिचको सम्बन्ध थप बलियो बनाउनु पर्नेमा जोड दिएका छन् । भेटमा कोरियाली प्रायद्विपको परमाणु समस्याका बारेमा छलफल भएको जनाइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ता भंग भएपछि किम समर्थन तथा सहयोगको खोजीमा रुसी राष्ट्रपतिसँग भेटवार्ताका लागि रुस पुगेका हुन् । ट्रम्प र किमबिच गएको फेब्रुअरीमा हानोइमा दोस्रो भेटवार्ता भएको थियो, त्यसमा सहमति जुट्न सकेन ।