सोमबार, भाद्र १ गते २०८३
images

श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको झडपमा १५ जनाको मृत्यु

  • 3.1K
    SHARES
  • बैशाख १४, २०७६ शनिबार

    काठमाडौं । श्रीलंकामा सुरक्षाकर्मी र बिद्रोहीबिच भएको झडपको क्रममा कम्तिमा १५ जनाको ज्यान गएको छ । गएको आइतबार राजधानी कोलम्बो र आसपासका क्षेत्रमा रहेका चर्च तथा सुविधा सम्पन्न होटलमा शृङ्खलाबद्ध बम आक्रमणमा कम्तिमा २५० जनाको ज्यान गएपछि श्रीलंकामा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

    सुरक्षाकर्मीले त्यसयता देशभर बिद्रोही विरुद्ध कारवाही अभियान चलाएका छन् । यहि क्रममा शुक्रबार राति देशको पूर्वी क्षेत्रमा प्रहरी र सशस्त्र बिद्रोहीबिच झडप भएको हो ।

    बिद्रोही समूह सम्भवतः इस्लामिक स्टेट ९आइएस० हुन सक्ने स्थानीय अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

    आइतबार बिहान बिद्रोही र सुरक्षाकर्मीबिच झडप भएको क्षेत्रमा १५ जनाको शव फेला परेको सेनाका प्रवक्तालाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ ।

    ज्यान गुमाउनेमा ६ बालबालिका पनि छन् । शुक्रबार राति अम्पारा क्षेत्रमा झडप भएको हो ।

    झडपमा ज्यान गुमाउनेमा तीनजना आत्मघाती आक्रमणकारी रहेको सेनाका प्रवक्ताले दाबी गरेका छन् । झडपको क्रममा तीनवटा बिस्फोट भएको थियो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार