मंगलबार, भाद्र २ गते २०८३
images

क्रेन खसेर गुडिरहेका कार च्यापिँदा चारजनाको मृत्यु

  • 3.4K
    SHARES
  • बैशाख १५, २०७६ आइतबार

    अमेरिकाको सियाटलमा क्रेनको केही भाग खसेर सडकमा गाडी च्यापिँदा चारजनाको ज्यान गएको छ। निर्माण क्षेत्रमा प्रयोग भएको क्रेनको केही भाग अचानक सडकमा खस्दा गुडिरहेका गाडी च्यापिएका हुन् । घटनामा तीनजना घाइते भएका छन् ।

    सियाटलको साउथ लेक युनियन डिस्ट्रिकको बाटोमा क्रेन खसेको हो । ज्यान गुमाउनेमा दुईजना क्रकेनका चालक हुन् भने अरु दुईजना कारका चालक हुन् ।

    एक महिला र उनको काखे बच्चा तथा अर्का एक अन्दाजी २० वर्षका युवा घाइते भएका छन् । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् । घटना नेपाली समय अनुसार आइतबार बिहान सवा पाँच बजे दुर्घटना भएको हो ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार