मंगलबार, भाद्र २ गते २०८३
images

थाइल्याण्डका राजाले बडिगार्डसँग बिहे गरे

  • 3.6K
    SHARES
  • बैशाख १९, २०७६ बिहीबार

    थाइल्याण्डका राजाले आफ्नो सुरक्षाका लागि खटिने टिमकी कार्यकारी प्रमुख सुथिदासँग विवाह गरेका छन् । ६६ वर्षका राजा माहा वाजिरालङकोर्नले आफ्नो बडिगार्डसँग विवाह गरेकी हुन् ।

    राजाले उनलाई रानीको उपाधि पनि दिएका छन् । माहाका पिता सन् २०१६ मा निधन भएपछि उनी राजा बनेका हुन् । उनले तीनपटक विवाह र सम्बन्ध विच्छेद गरिसकेका छन् ।

    उनका सात सन्तान छन् । सुथिदासँग राजा माहाको लामो समयदेखि प्रेम सम्बन्ध थियो । उनीहरु सार्वजनिक कार्यक्रममा सँगै देखिने गरेका थिए ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार