मंगलबार, भाद्र २ गते २०८३
images

रोहिंग्याको रिपोर्टिङ गर्दा पक्राउ परेका दुई पत्रकार रिहा

  • 3.7K
    SHARES
  • बैशाख २४, २०७६ मंगलबार

    म्यानमारमा रोहिंग्या अल्पसंख्यकमाथि भएको हिंसाका सम्बन्धमा अनुसन्धानात्मक रिपोर्टिङ्ग गरेकै आधारमा पक्राउ परि जेल हालिएका दुई पत्रकार रिहा भएका छन् ।

    समाचार संस्था रायटर्सका लागि म्यानमारबाट रिपोर्टिङ्ग गर्दै आएका पत्रकार वा लोन र केयब सिओ ओलाई बन्दी बनाइएको थियो । गएका भदौ तेस्रो हप्ता म्यानमारको एक अदालतले देशको गोपनियता सम्बन्धी कानुन उल्लंघन गरेको भन्दै अदालतले उनीहरुलार्ए सात वर्षका जेल सजाय सुनाएको थियो । अदालतको फैसलाको चौतर्फी विरोध हुँदै आएको थियो ।

    ३३ वर्षका वा र २९ वर्षका ओ राष्ट्रपतिको निर्णय अनुसार जेलबाट रिहा भएका हुन् । उनीहरुले ५०० दिन भन्दा बढि जेलमा बिताएका छन ।

    प्रहरी अधिकारीले दिएको आधिकारिक कागजात लिएर फर्किरहेका बेला उनीहरुलाई सन् २०१७ को डिसेम्बरमा प्रहरीले पक्राउ गरेको थियो ।

    दुवै पत्रकारले आफूहरु निर्दोष रहेको र प्रहरीले फसाएको बताउँदै आएका थिए । यो घटनालाई म्यानमारको प्रेस स्वतन्त्रताको अवस्थासँग जोडिएर हेरिएको थियो ।

    रिहा भएका वाले आफूले पत्रकारिता कुनै पनि हालतमा नछोड्ने बताएका छन् । उनले भनेका छन्, ‘म निकै खुशी छु र परिवार तथा सहकर्मीसँग भेट्नका लागि आतुर पनि छु । समाचार कक्षमा जानका लागि निकै उत्साहित छु ।’

    म्यानमारको नयाँ वर्षका अवसरमा राष्ट्रपति कैदीहरु रिहा गर्ने चलन अनुसार उनीहरु रिहा भएका हुन् ।

    उनीहरुले गरेको रिपोर्टिङ्गका लागि गएको महिना सम्मानित पुलिट्जर पुरस्कार जितेका थिए । दुई पत्रकार प्रेस स्वतन्त्रताको ‘सिम्बोल’ बनेको रोयटर्सका इडिटर इन चिफ स्टिफन जे एड्लरले बताएका छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार