मंगलबार, भाद्र २ गते २०८३
images

दुई विद्यार्थीले गरे अन्धाधुन्ध गोली प्रहार

  • 42.4K
    SHARES
  • बैशाख २५, २०७६ बुधबार

    अमेरिकाको कोलोराडोस्थित एक विद्यालयमा दुई विद्यार्थीले अन्धाधुन्ध गोली चलाएका छन् । डेनवर नजिकै रहेको विज्ञान तथा प्रविधि विद्यालयमा घटना भएको हो ।

    हाइल्याण्ड रन्चको एसटिइएम स्कूलमा भएको घटनामा एक विद्यार्थीको ज्यान गएको र अरु सातजना घाइते भएको स्थानीय प्रहरी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था रोयर्टले जनाएको छ ।

    बन्दुकधारीले आफ्नै कक्षाका एक साथीलाई गोली हानी हत्या गरेको र अरुलाई घाइते बनाएका हुन् । उनीहरु दुवैलाई पक्राउ गरिएका स्थानीय अधिकारीले बताएका छन् । सो विद्यालयमा विज्ञान, प्रविधि, ईन्जिनियरिङ र गणितको पढाई हुने गरेको छ ।

    ह्याण्डगन लिएका दुई बन्दुधारीले दुई कक्षाकोठामा अन्धाधुन्ध गोली चलाएका हुन् । बन्दुकधारी मध्ये एक १८ वर्ष भन्दामुनिको रहेको उल्लेख गरिएको छ । विद्यालयमा कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ ।

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार