भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी अन्तिम चरणको निर्वाचन अगाडि गुफा पसेका छन्।
ध्यान गर्नका लागि मोदी गुफा पसेको भारतीय संचार माध्यमहरुले जनाएका छन्।
आइतबार भारतमा सातौं चरणको निर्वाचन हुँदैछ। यससँगै भारतमा लोकसभा निर्वाचन सम्पन्न हुनेछ।
शुक्रबार अन्तिम प्रचारप्रसार सकिएसँगै उनी शनिबार बिहान उत्तरखण्डस्थित गुफामा ध्यान गर्न पुगेका हुन्।
केदारनाथ तीर्थस्थलको दर्शन गरेपछि मोदी ध्यान कुटिया नाम गरेको पवित्र गुफामा पसेका हुन्।
गुफामा मोदी शनिबार रातभर बस्ने र आइतबार बद्रीनाथको दर्शनका लागि जाने ‘द हिन्दुस्तान टाइम्स’ले उल्लेख गरेको छ।
भारतीय लोकसभा निर्वाचनको मतगणना मे २३ तारिखबाट हुनेछ। मोदी महादेवसँग वरदान माग्न गुफा छिरेको टिकाटिप्पणीहरु भारतमा भइरहेका छन्। एजेन्सी