भारतको गुजरात राज्यको सुरत सहरको एक व्यवसायिक भवनमा शुक्रबार दिउँसो आगोलागि भएको छ । उत्त आगलागीबाट ज्यान बचाउन धेरै बालबालिकाले हाम फालेपछी धेरै जनाको मृत्यु भएको छ । हालसम्म आगलागीबाट १८ जनाको मृत्यु भएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र कांग्रेस अध्यक्ष राहुल गान्धीले आगलागीप्रति दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन् भने घाइतेको उपचार छिटो गर्न सम्बन्धित निकायलाई सुझाब दिएका छन्।
भारतीय सञ्चार माध्यमका अनुसार मृत्यु हुनेहरु सबै बालबालिका रहेका छन् । हालसम्म १८ जनाको मृत्यु भइसहेको छ भने मृतकको संख्या अझ बढ्न सक्ने अनुमान गरिएको छ ।
भवनको माथिल्लो तलामा रहेको कोचिङ सेन्टरमा अध्ययन गरिरहेका बेला आगलागी भएपछि सबै बालबालिकाले ज्यान बचाउन झ्यालबाट हाम फालेका थिए। उत्त घटना हुँदा माथिल्लो तलामा ५० भन्दा बढी मानिस थिए । गुजरात सरकारले मृतकका प्रत्येक परिवारलाई ४ लाख राहत दिने घोषणा गरेको छ।