सोमबार, भाद्र १ गते २०८३
images

भाजपा कार्यकर्ताको गोली हानी हत्या

  • 4.0K
    SHARES
  • जेठ १३, २०७६ सोमबार

    काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का एक जना कार्यकर्ताको पश्चिम बंगालमा गोली हानी हत्या भएको छ।

    भारतको पश्चिम बंगालमा हतियारधारी अज्ञात व्यक्तिको समूहले गोली हानेर ती व्यक्तिको हत्या गरेको प्रहरी अधिकारीहरुले जानकारी दिएका छन्।

    हत्या हुनेमा ३६ वर्षका चन्दन साउ रहेको बताइएको छ। उनीमाथि आइतबार राति भातपारा क्षेत्रमा आक्रमण भएको हो। घटनास्थल पश्चिम बंगाल प्रदेशको राजधानी कोलकातादेखि ३३ किलोमिटर टाढा पर्दछ।

    गोली लागेका साउलाई तत्कालै अस्पताल लगिए पनि चिकित्सकहरुले मृत घोषित गरेको एक प्रहरी अधिकारीले जानकारी दिएका छन।

    घर फर्किरहेका बेला साउलाई दुई वट मोटरसाइकलमा आएका चार व्यक्तिले गोली हानेको प्रहरीको भनाई छ।   

    सम्बन्धित विषय:

    प्रतिक्रिया दिनुहोस्

    सम्बन्धित समाचार