अमेरिकाको एक सरकारी कार्यालयमा अन्धाधुन्ध गोली प्रहार हुँदा ११ जनाको ज्यान गएको छ।
अमेरिकाको भर्जिनियास्थित सरकारी कार्यालयमा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गरेका हुन्।
स्थानीय प्रहरीका अनुसार गोली हान्ने संदिग्ध व्यक्ति भर्जिनिया म्युनिसिपल सेन्टरका कर्मचारी हुन्।
प्रहरीको जवाफी कारबाहीमा आक्रमणकारी मारिएको बीबीसीले उल्लेख गरेको छ। उनको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। घटनामा एक प्रहरी पनि घाइते भएको समाचारमा जनाइएको छ।
घटना शुक्रबार राति भएको हो। भर्जिनिया बिचका मेयर बबी डायले यो सहरकै इतिहासमा ‘सबैभन्दा त्रासदीपूर्ण घटना’ भएको बताएका छन्।