काठमाडौं । भारतको दोस्रो अग्लो हिमाल नन्दा देवी आरोहणमा गएका ८ जना आरोही बेपत्ता भएका छन् । बेलायतका चार, दुई अमेरिकी तथा एक अस्ट्रेलियन महिला र एक भारतीय गाइडसहितको टोली बेपत्ता भएको जनाइएको छ ।
ठूलो हिमपहिरो गएपछि उनीहरु बेपत्ता भएको बिसी र द गार्डियनले उल्लेख गरेका छन् । उनीहरु सात हजार ८१६ मिटर अग्लो हिमाल आरोहणका लागि गएका थिए । यसअघि आरोहणका लागि खुल्ला नभएको मार्गबाट नन्दा देवीको शिखरमा पुग्ने प्रयासमा रहेको टोली बेपत्ता भएको हो ।
उद्धार तथा खोजी टोली शनिबार त्यस तर्फ गएको भारतीय अधिकारीले उल्लेख गरेका छन् । उद्धार टोली पैदल गएको छ । पैदल गएको टोली बेस क्याम्प पुग्न तीन दिन लाग्ने छ । आइतबार मौसम अनुकल भएमा हेलिकप्टर मार्फत उद्धारकर्ता पठाउने तयारी छ ।
आरोहीको टोलीले गएको मे १३ देखि आरोहणको प्रयास गरेको थियो ।